काठमाडौं । स्थानीय तह निर्वाचन २०७९को शुक्रबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पाँच दलको गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले मत परिणामको पछिल्लो चरणमा अग्रता फराकिलो बनाउँदै लगेको छ ।
कांग्रेसलाई यसभन्दा पहिला दुई तिहाई (२०७४ मा एमालेले २ सय ९८ विजयी भएर) सरकारको नेतृत्व गरेको पार्टी नेकपा एमालेले पछ्याइरहेको छ । यो समाचार तयार पार्दासम्मको परिणाम अनुसार कांग्रेसले २ सय ५५ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै एमालेले १ सय ६५ तहमा अग्रता लिएको छ ।
गठबन्धनको अर्काे घटक माओवादी केन्द्रले भने अहिलेसम्म १०० स्थानीय तहमा अग्रता कायम राखेको छ । गठबन्धनको अर्काे घटक नेकपा एकीकृत समाजवादी पार्टी १० तहमा अग्रता कायम गर्दा जनता समाजवादी पार्टी (जसपा)ले २८ स्थानमा अग्रता लिएको छ ।
यस पटकको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।हालसम्म नेपाली काँग्रेसले ७ गाउँपालिका प्रमुखमा जित निकालेको छ भने एमालेले ७ पालिका, माओवादी केन्द्रले २ पालिका, नेकपा एमाले समाजवादीले २ पालिका प्रमुखमा जितेका छन् ।
एमालेले पनि राप्रपा नेपाल, नेपाल परिवार दल लगायतसँग गठबन्धन बनाएको छ । तर, यो गठबन्धनमा नेकपा एमालेलाई धेरै नोक्सान भएको देखिन्छ । राप्रपाले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार अहिलेसम्म १७ तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ६ तह मात्र जितेको छ । यसैबीच काठमाडौं महानगर, जनकपुर उपमहानगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारले गठबन्धन र एमालेलाई चुनौति दिइरहेका छन् ।
७ सय ५३ वटै स्थानीय तहमा शुक्रबार निर्वाचन थियो । देशकै प्रमुख महानगरपालिका काठमाडौंमा नै स्वतन्त्र उम्मेदवारले आधिकारीक भनिएका उम्मेदवारलाई चुनौति दिने गरि हालसम्मको मतपरिणाम हेर्दा आएको मतले राजनीतिक दलहरु प्रतिको वितृष्णा बढिरहेको छनक पाइन्छ । त्यस्तै, देशैभरी आधिकारीक दलहरुका विरुद्धमा विद्रोही उम्मेदवारहरु उठेका छन् । उनीहरुले पनि वर्षौदेखि नेपाली राजनीतिमा राज गरिरहेका राजनीतिक दलहरुलाई थप चुनौति बन्दै गएको संकेत गरेको छ भने पुरानो बुढो गोरु राप्रपाले पनि विस्तारै आफ्नो टाउको उठाउँदै गरेको छ ।
अहिलेसम्म देशका ५ सय २३ स्थानीय तहको मतगणना भइरहेको छन । आयोगका अनुसार विभिन्न कारणले २ सय ३० तहको भने मतगणना भएको छैन । काठमाडौं, भरतपुर, विराटनगर, बीरगञ्ज, पोखरा र ललितपुरको मतगणना निकै ढिलो भइरहेको छ । भने अझै ८५ स्थानमा मतदान स्थगित भएका छन् भने १९ स्थानमा तत्कालै निर्वाचन गराउने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस