काठमाडौं । नेपाली काँग्रेसले ६ उपमहानगरपालिकामा आफ्नो अग्रता कायम राखेको छ । धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, ललितपुर महानगरपालिका र बुटबल उपमहानगरपालिका, नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका प्रशान्त विष्टले अग्रतालाई कायम राखेका छन ।
त्यस्तै धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिइरहेका छन् । उनले तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका राईले एक हजार ३४० प्राप्त गरेका छन । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गरेका छन । नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छिन ।
त्यस्यै, विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालालो अग्रता फराकिलो पारेका छन्। कोइरालाले २५८३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन्। इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले २६६२ पाँउदा एमालेका उम्मदवारले १९३४ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस