धनकुटा । धनकुटाको चौबीसे गाउँपापलिका वडा नं २ वडा सदस्य पदमा आफू विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षको उमेरमा अटलबहादुर सुर्जे मगरको निधन भएको छ ।
मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको बताइएको छ । यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो। मगरका दुई छोरा र पत्नी छन्।
प्रतिक्रिया दिनुहोस