काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतपरिणाम झन रोचक बन्दै गएको छ । ५ हजार १ सय १५ भोट गन्दा स्वतन्त्र उम्मेदवार बलेन्द्र साह (बालेन) र उनलाई पछ्याउदै गरेका उम्मेदवारको मतान्तरभा भारी वृद्धि भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार बालेन साहले १ हजार ८ सय ९६ भोट पाएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ९७ मत मात्रै पाएका छन् । त्यस्तै, नेपाली कँग्रेसीका उम्मेदवार सृजना सिंहले ९४९ मत पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस