aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बालेन शाहले कटाए दुई हजार मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
बालेन शाहले कटाए दुई हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतपरिणाम झन रोचक बन्दै गएको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार मत कटाएका छन् । 

महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ। पछिल्लो मतपरिणाम अनुसार बालेन शाहले दुई हजार ७१ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार एक सय ६४ मत पाएका छन् । त्यस्तै, नेपाली कँग्रेसीका उम्मेदवार सृजना सिंहले एक हजार ६ मत पाएकी छिन् ।    

प्रतिक्रिया दिनुहोस