aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विरगञ्ज महानगरपालिकाका पूर्व मेयर सरावगीलाई दल परिवर्तन फाबेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
विरगञ्ज महानगरपालिकाका पूर्व मेयर सरावगीलाई दल परिवर्तन फाबेन

विरगञ्ज । विरगञ्जका व्यापारी तथा विरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले दल परिवर्तन गरेपछि जनताले पत्याएनन । यसभन्दा पहिला जसपाबाट मेयर बनेका सरावगीले यस पटक नेकपा एमालेमा प्रवेश गरि मेयरको उम्मेदवार बनेका छन ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदमा  जसपाका उम्मेदवार राजेश मान सिंहले १३७३ मत ल्याउँदा सरावगीले  ६५९ मत मात्र ल्याएका छन् । त्यस्तै राप्रपा गिरीश गिरीले ४१ पाएका छन् ।  

उप प्रमुखमा नेपाल काँग्रेसका इम्तियाज आलम १०१२, लोसपाका पुरुषोत्तमलाल झा १६०, राप्रपाकी बीना जयसवालले  ५५ र स्वतन्त्र रम्भा मिश्राले ११ पाएका छन् । 

प्रतिक्रिया दिनुहोस