aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले) का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेका छन् । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ ने २, ३ र ४ मा कांगे्रसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य  कांगे्रस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । 

माछापुच्छ्रेको अध्यक्षमा कांगे्रसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै उपाध्यक्षमा कांगे्रसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गर्नुभएको छ भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गरेका छन् ।  अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांगे्रसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ । मादी गाउँपालिकाको वडा नं १ र २ मा कांगे्रसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांगे्रसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ । 

प्रतिक्रिया दिनुहोस