काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह र उनलाई पछ्याउदै गरेका उम्मेदवारको मतान्तरमा भारी वृद्धि भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले २२३८ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२१९ मत पाएका छन् । त्यस्तै, नेपाली कँग्रेसकी उम्मेदवार सृजना सिंहले १०८१ मत पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस