काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले २६०१ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४१५ मत पाएका छन् । त्यस्तै, नेपाली कँग्रेसकी उम्मेदवार सृजना सिंहले १३५९ मत पाएकी छिन् भने राप्रपाका मदनदास श्रेष्ठले २१४ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस