aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने

कञ्चनपुर । पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो । 

मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा  राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो ।  

प्रतिक्रिया दिनुहोस