aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
स्थानीय निर्वाचन अपडेट

७४ स्थानको मतगणना सकिदा कसले कति स्थानमा जिते ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
७४ स्थानको मतगणना सकिदा कसले कति स्थानमा जिते ?

काठमाडौं । स्थानीय निर्वाचनको पछिल्लो मत परिणाम अनुसार ७४ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ।भने कांग्रेसले पछ्याइरहेको छ।

अहिलेसम्म एमालेले २८ स्थानीय तहमा जित हासिल गरेको छ भने कांग्रेसले २६ स्थानीय तहमा जित निकालेको  छ। यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। त्यस्तै देशैभरीको मत परिणामको नतिजा आउने क्रम पनि जारी रहदा एमाले १६९ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नेपाली काँग्रेस २६७ स्थानमा, माओवादी ९७ स्थानमा, एकिकृत समाजवादी १७ स्थानमा र अन्य २६ स्थानमा अग्रता लिइरहेका छन् ।   

हालसम्म नेकपा एमाले जितेका पालिकाहरूमा  मनाङको मनाङ ङिस्याङ गाउँपालिका,  मनाङको चामे गाउँपालिका,    मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिका,  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको लोमान्थाङ गाउँपालिका, डोल्पाको से फोक्सुण्डो गाउँपालिका,  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका रहेका छन् । त्यस्तै,   बझाङको साइपाल गाउँपालिका, नवलपुरको बौदीकाली गाउँपालिका, बझाङको थलारा गाउँपालिका,  मुस्ताङको थासाङ गाउँपालिका, म्याग्दीको मालिका गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिका छन् । 

 तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, दार्चुलाको महाकाली नगरपालिका, स्याङजाको हरीनास गाउँपालिका,  बैतडीको पन्चेश्वर गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, नवलपुरको बुलिङटार गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, इलामको माङसेबुङ गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिकास् अध्यक्ष सन्तवीर लिम्बू २२।    मकवानपुरको भीमफेदी गाउँपालिकास् अध्यक्ष हिदम लामा छन् । त्यस्तै, डोटीको जोरायल गाउँपालिका,भोजपुरको हतुवागढी गाउँपालिका, पाल्पाको तिनाउ गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका छन् । 

त्यस्तैगरि नेपाली कांग्रेस विजयी भएका पालिकाहरूमा मनाङको नार्पा भूमी गाँउपालिकास् कोन्जो तेन्जीङ लामा विजयी २।मनाङको नासोँ गाउँपालिका, मुस्ताङको घरपोझङ गाउँपालिका, गुल्मीको रेसुङ्गा नगरपालिकामास् खिलध्‍वज पन्थी विजयी, गन्यापधुरा गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका, डोटीको बडीकेदार गाउँपालिका छन् । त्यस्तै, हुम्लाको खार्पुनाथ गाउँपालिका, डडेलधुराको नवदुर्गा गाउँपालिका, बागलुङको तमानखोला गाउँपालिका,  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका,  सोलुखुम्बुको लिखु पिके गाउँपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका छन् । 

सल्यानको कुमाख गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, दैलेख भैरवी गाउँपालिका,  लमजुङको दूधपोखरी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तेह्रथुमको फेदाप गाउँपालिका, पाँचथरको कुम्मायक गाउँपालिका,  कास्कीको माछापुच्छ्रे गाउँपालिका, सोलुखुम्बुको सोताङ गाउँपालिका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका,रसुवाको आमाछोदिङमो गाउँपालिका र अछामको ढाकरी गाउँपालिका छन् ।


त्यस्तैनेकपा माओवादी केन्द्रले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, रुकुम पूर्व भागको पुथा उत्तरगंगा गाउँपालिका १।डोल्पाको जगदुल्ला गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, बाग्लुङ ताराखोला गाउँपालिका, उदयपुर लिम्चुङबुङ गाउँपालिका , रोल्पाको थवाङ गाउँपालिका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका, हुम्लाको ताजाकोट गाउँपालिका, गोरखाको अजिरकोट गाउँपालिका,  सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका, दार्चुलाको मार्मा गाउँपालिका, दार्चुला अपिहिमाल गाउँपालिका,  भोजपुरको आमचोक गाउँपालिका छन् । 

त्यस्तै,  दार्चुलाको लेकम गाउँपालिका,डडेल्धुरा आलिताल गाउँपालिका, डोटीको बोकटान फुड्सिल गाउँपालिका र रोल्पा नगरपालिका रहेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकामा डोल्पाको छार्का साङतोङ गाउँपालिका र  डोल्पाको काइके गाउँपालिका छन् । 

प्रतिक्रिया दिनुहोस