aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा पाँच विषयमा सम्झौता हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा पाँच विषयमा सम्झौता हुने
फाइल तस्विर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बुद्ध पूर्णिमाका दिन नेपाल आउने भएका छन् । त्यहाँ उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नेछन् ।

 प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा पाँच वटा समझदारी पत्रमा हस्ताक्षर समेत हुने बताइएको छ । प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । समाचार एजेन्सीका अनुसार दुई नेताबीच विकास, जलविद्युत, दूरसञ्चार जस्ता धेरै क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस