काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायम राखेका छन् । उनले हालसम्म ५४४६ पाएका छन् भने उनलाई एमालेका केशव स्थापित पछ्याउँदै छन् । स्थापितले हालसम्म २९५२ र काँग्रेसीकी सिर्जना श्रेष्ठ २५७७ पाएकी छिन् ।
धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल राजनीतिक दलका आधिकारीक उम्मेदवारभन्दा १४ सय ९२ मतले अगाडि छन्।अहिलेसम्म ७ हजार ४७० मत गणना भएकोमा हमालले ३ हजार ३२९ मत प्राप्त गरेका छन्।
सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७ पाएका छन्। त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १९१८ पाउँदा एमालेकाशिवशंकर साहले ९१८ मात्रै पाएका छन् ।
प्रतिक्रिया दिनुहोस