काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ६४८६ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४१३ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले पनि मतान्तर घटाएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले ३००९ मत पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस