काठमाडौं । नेपाल मजदुर किसान पार्टी(नेमकीपा)ले भक्तपुर नगरपालिकाको मेयर पदमा सुनिल प्रजापति सबै वडामा जित निकालेको छ । उनले झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका प्रजापति निर्वाचित भएका छन्। यहाँ मेयर, उपमेयर र १० वडा अध्यक्षसँगै सबै जनप्रतिनिधिमा उसले शतप्रतिशत नतिजा निकालेको हो ।
अन्तिम मतपरिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे। उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्।
प्रतिक्रिया दिनुहोस