काठमाडौं । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार उक्त महानगरमा सुवेदी र दाहालको प्रतिस्प्रधा रोचक बन्दै गएको छ । १३ हजार ३६४ मत गणना हुँदा सुवेदीले ४ हजार ५५० मत प्राप्त गरेका छन् भने दाहालले ४ हजार ९९५ मत पाएकी छन् ।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९९८ मत पाएका छन्। उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस