काठमाडौं । नेकपा एमाले पछिल्लो मत परिणाम देखेर आत्तिएको नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतद्धारा जारी विज्ञप्तीमा निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी दलहरुको मत परिणाम देखेर एमाले आत्तिएको उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौं ।’
त्यस्तै, कांग्रेसले निर्वाचनका सम्बन्धमा एमालेद्धारा सरकार र गठबन्धनप्रति लगाएको आरोपबारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले निर्वाचनमा योनजाबद्धरुपमा धाधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठ रहेको समेत कांग्रेसले विज्ञप्तिमा जनाएको छ ।


प्रतिक्रिया दिनुहोस