काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवारले प्यानल नै जितेको छ । वडाध्यक्ष पदमा महताब आलमसहित पाँच जनाको प्यानलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। वडा अध्यक्षमा आलमले ७५२ मत पाएका छन् भन् उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले ५९१ मत पाएका छन् ।
गुँलावको फूल चुनाव चिन्हबाट अध्यक्ष महताब आलम, सदस्यहरुमा बलबहादुर बाँनिया(६८५), विवेक कुमार गणेश(७२०)ले पनि अत्याधिक मत पाएर जितेका छन् । कल्पना श्रेष्ठ (७५२)ले वडा महिला सदस्य र सुमित्रादेवी मोची(७३५)ले दलित महिला वडा सदस्यमा निर्वाचिच भएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका यी उम्मेदवारहरुले चुनाव चिन्ह गुलाव रहेको छ । उनीहरु ‘दल होइन स्वतन्त्र रोजौं, राजनीति पेशा होइन सेवा बनाऔं’ भन्दै घरदैलो अभियानमा जुटिरहेका छन् ।
उम्मेदवारी घोषणा गर्दै उनीहरुले सरकारबाट तलब नलिने, सरकारी सवारी साधन नचढ्ने र स्थानीय निकायमा भ्रष्टचार गर्न नदिने प्रतिवद्धता समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस