aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्थानीय निर्वाचनको विषेशता : स्वतन्त्र उम्मेदवारका पक्षमा व्यापक माहोल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
स्थानीय निर्वाचनको विषेशता : स्वतन्त्र उम्मेदवारका पक्षमा व्यापक माहोल

काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारको पक्षमा देशैभरी लहर आएको देखिएको छ । देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार बल्ल कटाएका छन् ।

त्यस्तै, अर्को चर्चामा रहेको भरतपुर महानगरपालिका १५९३३ मत गणना हुँदा मेयर पदका उम्मेदवारमा एमालेका विजय सुवेदी एमाले  ५३१०, माओवादीकी रेनु दाहाल ५३१३ पाएका छन् । यहा पनि जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवारले २५३६ मत पाएका छन् । 

हालसम्म स्वतन्त्र उम्मेदवारले जित निकालेका गाउँपालिका र वडाहरुमा भोजपुरको साल्पासिलिछो गाउँपालिकामा अध्यक्ष दौलथकुमार कुलुङ राई, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र रूम्दानी, कालिकोटको खाँडाचक्र नगरपालिका मेयर कर्णबहादुर शाही, कालिकोट सान्नी त्रिवेणी गाउँपालिकामा अध्यक्ष मोहनबहादुर केसी, कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा कमलबहादुर शाही निर्वाचित भएका छन् ।

त्यस्तै, झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ४ मा हफताव आलमको नेतृत्वमा पुरै प्यानलनै स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यस्तै, जनकपुर उपमहानगर पालिकाका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी    २६३६, एमाले    १०४९ मत ल्याएका छन् । त्यस्तै, धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ४९६४, नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वड २५९१ मत मात्रै पाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस