aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आजदेखि बजेट अधिवेशन शुरु हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
आजदेखि बजेट अधिवेशन शुरु हुँदै

काठमाडौं । आजदेखि बजेट अधिवेशन शुरु हुने भएको छ । संघीय संसद्को ११ औं अधिवेशन आजदेखि हुने भएको हो ।

जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन आज मंगलबार ४ बजेलाई बोलाएकी छिन् ।    

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । उक्त कार्यसूची अनुसार सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउने कार्य हुनेछ । 

त्यस्तै, राष्ट्रपति भण्डारीले जेठ ७ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।  
 

प्रतिक्रिया दिनुहोस