काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ११ हजार ४३४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले ५ हजार ४०८ मत पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस