aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शेयर बजारमा ८४.९० अंकको गिरावट, एक अर्ब ६४ करोडको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
शेयर बजारमा ८४.९० अंकको गिरावट, एक अर्ब ६४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको पहिलो दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ८४.९० अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज एक अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका २ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.९६ प्रतिशतले बढेर प्रतिकित्ता १३९६ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज युनाईटेड इन्स्यारेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र सुयोदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ९ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस