aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

देशको स्थिती भयावह हुँदैछः ज्ञवाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
देशको स्थिती भयावह हुँदैछः ज्ञवाली

काठमाडौं । भूतपूर्व परराष्ट्रमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले देशको स्थिती भयावह हुँदै गएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । 

‘अहिले मुलुकको अर्थतन्त्र संकटमा छ । विदेशी मुद्रा संञ्चिती इतिहासकै न्युन गतिमा झरेको छ । १० महिना बितिसक्दा समेत समेत पूँजीगत खर्च ३० प्रतिशत समेत हुन सकेको छैन । बजेटको आकार घटाउँदा समेत खर्च हुन सकेको छैन’, उनले भने, ‘देशको स्थिती भयावह हुँदैछ । यसबारे गम्भीर रुपमा छलफल हुनुपर्छ ।’   

निजी क्षेत्रले समेत अर्थतन्त्र सुधारका लागि आवाज उठाउन आवश्यक रहेको समेत उनले बताए । साथै उनले संसद्मा एमालेले गर्दै आएको विरोधका कार्यक्रमको स्वरुप समेत बदल्ने जानकारी दिए । मुलुकको अर्थतन्त्र संकटमा रहेकोले यसबारे संसदमा छलफल हुनु आवश्यक रहेको बताउँदै उनले संसद अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताए । 

प्रतिक्रिया दिनुहोस