aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्वतन्त्र उम्मेदवारी बालेन्द्र चार हजार ८७७ मतले अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
स्वतन्त्र उम्मेदवारी बालेन्द्र चार हजार ८७७ मतले अगाडि

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले ११ हजार ४२ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई  चार हजार ८७७ पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । 

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गरको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।  उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार ४८५ मतले अग्रस्थानमा रहेका छन ।  

उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गर्ेका छन । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । 

वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै  तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस