चितवन । चर्चामा रहेको महानगरपालिकामध्येको एक हो भरतपुर महानगरपालिका । जहाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले उम्मेदवारी दिइकी छन् । हालसम्मको मतपरिणाम अनुसार उनले ३५५ मतले अग्रता बढाएकी छिन् ।
२१ हजार ७५४ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४२३ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस