aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ जेठ २०७९
डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित भएका छन । विगत २५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो । 

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउदले एक हजार ९८३ मत प्राप्त गरे ।

 राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बन्नुभएका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन ।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरिन भने गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गरिन ।

प्रतिक्रिया दिनुहोस