काठमाडौं । काठमाडौं उपत्यकाको नगरपालिकामा नै राप्रपा विजयी भएको छ । शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित विजयी भएका हुन ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित विजयी भएका छन् । उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याएका छन् ।
शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।
प्रतिक्रिया दिनुहोस