झापा । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार ३६१ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनभएको छ । उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गरेका हुन ।
सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक÷एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् । वडा नं ४ मा स्वतन्त्रले प्यानलनै जितेको छ भने वडा नं ५ मा राप्रपाले प्यानलनै जितेको छ ।
प्रतिक्रिया दिनुहोस