काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मतगणना अहिलेसम्मको स्थितिमा ३७ हजार ९९४ मत गनिसक्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)की मीना लामाले ११ हजार ८७९ मत, राप्रपाका दीपकबहादुर सिंहले ११ हजार ४५ मत र नेकपा (एमाले)का अनन्त पौडेलले १० हजार ७४४ मत प्राप्त गरेका छन ।
यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले १६ हजार ९६७ मत, एमालेकी सुमित्रा काफ्लेले ११ हजार ८९५ मत, राप्रपाकी इन्दिरा न्यौपानेले दुई हजार ७७८ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस