aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ जेठ २०७९
कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

टीकापुर । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । अध्यक्षमा चित्रबहादुर चौधरी विजयी भएका हुन । नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी भए । उनले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गरेका हुन ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ७ को वडाध्यक्षमा नेकपा (एमाले)का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी भए । महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसराकुमारी टमटा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल र हिराप्रसाद चौधरी विजयी भएका छन।

प्रतिक्रिया दिनुहोस