काठमाडौं । काठमाडौं महानगरको मतगणना अझ रोचक हुने बेला आएको छ । काठमाडौं महानगरपालिकाको निर्णायक वडा मानिएका क्षेत्रमा मतगणना प्रवेश गरेको छ । अहिले काठमाडौंको वडा नम्बर २७ को मतगणना भर्खर सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौंका ११ देखि २७ सम्मका वडाहरूलाई काँगे्रस एमालेले कोर एरिया मान्ने गरेका छन । ती क्षेत्रमा नेवार समूदायको बसोबास बताइन्छ । एमाले र काँग्रेसले काठमाडौंको कोर एसियामा आफूहरुले भारी मत पाउने दावा गर्दै आइरहेका छन् । तर, यसभन्दा पहिला उनीहरुका पकड क्षेत्र मानिएका स्थानमा पनि बालेन्द्र साहले नै बढी मत पाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस