aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गोकुल बस्कोटाको गृह जिल्लामा एमाले सोत्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ जेठ २०७९
गोकुल बस्कोटाको गृह जिल्लामा एमाले सोत्तर

काठमाडौं । नेकपा एमालेमा चर्का भाषण गर्ने नेताका रुपमा चिनिने पूर्व मन्त्री गोकुल बस्कोटाको गृह जिल्लामा गठबन्धनले एमालेको लाल किल्ला तोडेका छन् ।  

अहिले काभ्रेपलाञ्चोक जिल्लाको १३ मध्ये ६ पालिकाको नतिजा आएको छ । जसमा सबैभन्दा धेरै माओवादीले तीनवटा जितेको छ भने कांग्रेसले दुई र नेकपा एकीकृत समाजवादीले एउटा जितेको छ ।

पाँच वर्षमा परिणाम नै उल्टिएको छ । २०७४ को निर्वाचनमा सात वटा पालिका जितेको एमालेले २०७९ सालमा जम्मा एक पाकिालमा मात्रै सिमित भएको छ ।  ०७४ मा एमालेले बनेपा, पनौती, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकाको मेयर उपमेयर तथा खानीखोला र भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
 

प्रतिक्रिया दिनुहोस