वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवको जमानत जफत भएको छ । उनी पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका थिए । उनी जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट अध्यक्ष पदका उम्मेदवारी दिएका थिए ।
पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मतमध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थियो । निर्वाचन कानुन अनुसार उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।
यादवले ४ सय ६९ मत मात्र पाएका छन् । जमानत जफत हुन नदिन उम्मेदवारले ११ हजार २२८ मतको १० प्रतिशत भनेको ११ सय २२ मत ल्याउने पर्ने हुन्छ । तर, जसपाका उम्मेदवार दीपक यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा पनि कम मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस