काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९को परिणाम आउने क्रम निरन्तर चलिरहेको छ। विहीबार साँझ ८ बजेसम्म ५ सय ८५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
जसअनुसार नेपाली कांग्रेसल २६२ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले १६७ स्थानमा जितेको छ। नेकपा माओवादी केन्द्रले १०६, जनता समाजवादी पार्टीले १८, एकीकृत समाजवादीले १४ र अन्य दलहरूले २७ स्थानमा जितेका छन्।
प्रतिक्रिया दिनुहोस