aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौं–२८ मा कांग्रेसका खड्गी विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
काठमाडौं–२८ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् । 

भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरेका छन् । त्यसैगरी  सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी  र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएका काठमाडौंका मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाले जानकारी दिए ।  

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ । एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस