काठमाडौं । नेपाली कांग्रेसले ३०३ स्थानमा जित निकालेको छ भने २३ स्थानमा अझै अग्रता लिइरहेको छ । त्यस्तै, नेकपा एमाले १८५ स्थानमा जितेको छ भने १८ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्र ११७ सस्थानमा जितेको छ ।
८ स्थानमा अग्रता लिइरहेको छ । जसपा २३ स्थानमा जित निकालेको छ भने ९ स्थानमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादी १६ स्थानमा जितेको छ । भने ४ स्थानमा अग्रता लिएको छ । लोसपा १० स्थानमा जित निकालेको छ । ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै,अन्य २८ स्थानमा जितेका छन् २१ स्थानमा अग्रता लिइरहेका छन् ।
७५३ पालिकामध्ये शनिबार बिहान ५ बजेसम्म १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६८२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ।
अहिलेसम्म सबै पालिकाको मतपरिणाम कर्णाली प्रदेशको मात्रै आएको छ। मधेस प्रदेशमा धेरै पालिकामा मतपरिणाम आउन बाँकी छन्। यसलाई हेर्दा नेपालमा मूलधारका राजनीतिक दलहरुभन्दा पनि अर्को नयाँ शक्तिको उदय भइरुहेको देखिएको छ ।
देशैकै ठूलो महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् भने पूर्वको धरान उपमहानगरपालिका, जनकपुर उपामहानगर पाकिाल, धनगढी उपमहानगरपालिका लगायत दर्जनौ स्थानमा स्वतन्त्र उम्मेदवारले मुलधारका राजनीतिक पार्टीका उम्मेदवारलाई पछाडि पारिरहेका छन् ।
अन्य पार्टी तथा स्वतन्त्र उम्मेदावरले २८ स्थानमा जितेका छन् भने २१ स्थानमा अग्रता लिइरहेका छन् । यसले के देखाउँछ भने मुलधारका राजनीतिकभन्दा अर्कै शक्तिको उदय भइरहेको संकेत गर्दैछ ।
प्रतिक्रिया दिनुहोस