aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बुटवल उपमहानगरपालिकामा  बाबुराम भट्टराईभन्दा ७ हजार बढी मत ल्याए पाण्डेले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ जेठ २०७९
बुटवल उपमहानगरपालिकामा  बाबुराम भट्टराईभन्दा ७ हजार बढी मत ल्याए पाण्डेले

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेमराज पाण्डेले जित्ने निश्चित भएको छ । पछिल्लो परिणाम अनुसार पाँच दलीय गठबन्धनका उम्मेदवार पाण्डेले २३ हजार ४३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । 

 बुटवल वडा नंं ११ को ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईभन्दा ७ हजार बढी मतले अगाडि रहेकाले पाण्डेको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वडा र गणना सम्पन्न हुँदा खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ । बुटवल ११ मा १० हजार ३५३ मत खसेकोमा अब ४५ सय मत गन्न बाँकी छ । ५९ सय मत गणना हुँदा खेलराजले २ हजार ५७४ र भट्टराईले २ हजार २५५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस