aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बालेन साह र रेणु दाहालको आफ्ना प्रतिद्धन्द्धीबीचको मतान्तरको अंक झन बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ जेठ २०७९
बालेन साह र रेणु दाहालको आफ्ना प्रतिद्धन्द्धीबीचको मतान्तरको अंक झन बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन साह र चितवनको मेयरमा रेणु दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई धेरै पछि छोडेका छन् । काठमाडौंमा साहले आफ्ना प्रतिद्धन्द्धीभन्दा १६ हजार १२६मतले पछि पारेका छन् । भने दाहालले  ६ हजार बढी मतको अग्रता बनाएकी छन् । 

काठमाडौंको ९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६ हजार १२६ मत ल्याएका छन् ।

त्यस्तै, चितवनमा रेनु दहाल (गठबन्धन) ३०३९४ले मत ल्याएकी छिन । भने विजय सुवेदी (एमाले)  २४२५६ मत ल्याएका छन् । त्यस्तै, जगन्नाथ पौडेल (स्वतन्त्र) १०७२ पाएका छन् । 

प्रतिक्रिया दिनुहोस