aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौं महानगरमा कति वडाको मतगणना सम्पन्न भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
काठमाडौं महानगरमा कति वडाको मतगणना सम्पन्न भयो ?

काठमाडौं । हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७  को मतगणना जारी छ । 

त्यस्तै, कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका हुन । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरे ।  

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट  अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य निर्वाचित भए । महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारिन । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएका छन ।  

प्रतिक्रिया दिनुहोस