काठमाडौं । मधेश प्रदेशमा पनि नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा को मतपरिणाम आइसक्दा नेपाली कांग्रेस पहिलो दल बनेको हो ।
मधेशका ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा कांग्रेसले जितेको छ । भने वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ ।
नेकपा एमाले दोस्रो, जनता समाजवादी पार्टी तेस्रो, चौथोमा लोसपा र माओवादी बनेको छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । जनता समाजवादीले २० पालिका प्रमुख र २२ वटा पालिकाको उपप्रमुख जितेको छ ।
लोसपाले ९र९ वटा पालिका प्रमुख र उपप्रमुख, माओवादीले ९ पालिका प्रमुख र ८ उप प्रमुख, नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख जितेको छ ।
प्रतिक्रिया दिनुहोस