काठमाडौं । वीरगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा विरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीलाई हराउँदै मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका सरावगीले २० हजार २०५ मत पाएका छन् । यस्तै राप्रपाका गिरीश गिरीले २९४६ मत पाएका छन् ।
वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् । हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस