काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारले जित्ने निश्चित जस्तै भएको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साह जित नजिक पुगेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिरा रहेका छन् । मनोज साहले १२२९० मत ल्याएका छन्। साहले ९३२१ मत ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५०१६ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस