aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

८६ करोड १३ लाख अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
८६ करोड १३ लाख अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् । 

मन्त्री कार्कीले भने, ‘मन्त्रिपरिषदको बैठकले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । जुन वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि खर्च हुनेछ ।’ 

त्यस्तै, बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यावाद समेत दिए । 

प्रतिक्रिया दिनुहोस