काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका लागि सबै महिलाको सहयोग माग्ने बताए । ‘यौन हिंसा/दुव्र्यवहारसम्बन्धी विद्यमान हदम्यादको व्यवस्था’ छलफल गर्ने विषयमा समितिमा भएको बैठकमा मन्त्री रेग्मीले बलात्कारका विषयमा उजुरी गर्न हदम्याद राख्न नहुने बताए ।
“यस विषयमा छलफल गर्न आजै मन्त्रालयमा बैठक डाकेकी छु, मन्त्रालयमा छलफल गरी कानून मन्त्रालय एवं सरोकार भएका निकायको रायसुझावका आधारमा कानून संशोधनको प्रक्रिया अघि बढ्छ”, उनले भने।
प्रतिक्रिया दिनुहोस