aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । उक्त बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

त्यस्तै, उनले  स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने बैठकमा निर्णय भएको समेत जानकारी दिए । मन्त्री कार्कीले भने, ‘मन्त्रिपरिषदको बैठकले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । जुन वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि खर्च हुनेछ ।’ 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु  

 

प्रतिक्रिया दिनुहोस