काठमाडौं । अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा थप तीन सय सडक पुलको निर्माण गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस