aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेकपा एसले पनि एक महानगरपालिका जित्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
नेकपा एसले पनि एक महानगरपालिका जित्यो

काठमाडौं । गण्डकी प्रदेशको एकमात्र महानगरपालिका पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवारले मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एसका धनराज अचार्य मेयर पदमा निर्वाचित भएका हुन । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

मेयरमा निर्वाचित आचार्यले ५८ हजार ८९३ मत पाएर विजयी भए भने उनका निकटतत्त प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाएका छन । उपमेयरमा गुरुङले ६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी भइन भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मात्रै पाएकी छन ।

प्रतिक्रिया दिनुहोस