aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बजेट महिलामैत्री बनाउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
बजेट महिलामैत्री बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसले आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट महिलामैत्री र संविधान प्रदत्त मौलिक हकअधिकार सुनिश्चित गर्न माग गरेको छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको कांग्रेस केन्द्रीय सदस्यको टोलीले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर बजेट महिलामैत्री र संविधान प्रदत्त मौलिक हक र अधिकारलाई सुनिश्चित गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा लैङ्गिक हिंसाका घटनामा दोषी देखिएकालाई कारबाहीका लागि रहेको विद्यमान कानूनी व्यवस्था र सजायसम्बन्धी प्रावधानमा थप कडाइ गर्नुपर्ने, नेपालको संविधानको धारा ३८ मा उल्लेखित महिलाको हकबमोजिम सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता, संविधानको धारा १२ बमोजिम आमाका नामबाट नागरिकता, समानता र समावेशिता, सामाजिक सुरक्षा र मूल्यवृद्धि र महँगीका विषय समेटिएका छन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेतृको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताए। “तपाईंहरूले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक छ, गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषय सम्बोधन गर्न मन्त्रालयले पहल थाल्छ”, गृहमन्त्री खाणले भने । भेटमा कांग्रेसका महिला केन्द्रीय सदस्य एवं सांसदको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस