काठमाडौं । अहिले प्रतिनिधि सभाको सभाहल नयाँ बानेश्वरमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
सोहि छलफलका क्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका बुदाहरुबारे कसरी काम गर्ने भन्ने स्पष्ट खाका नभएको टिप्पणी गरे ।
त्यस्तै, उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एउटै बुँदामा पनि भनाईहरु बाझिएको बताए । ‘नीति तथा कार्यक्रममा भएका कुराहरुबारे के गर्ने र कति समयमा सम्पन्न गरेर कसरी गर्ने भन्नेबारे कुनै ध्यान दिईएको छैन’, उनले भने । साथै बुदा नं. १३६ ले भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने भनिएको समेत ओलीले आरोप लगाए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमले अर्थतन्त्र थप धरासायी बनाउने केन्द्रित रहेको देखिएको बताए । साथै बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले यो सरकारसंग कहाँ पुग्ने भने कुनै नीति नै नभएको बताए ।
प्रतिक्रिया दिनुहोस