aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अझै चार पालिकाको मतपरिणाम आउन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
अझै चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।  

आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिमपरिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ । 

सुदूरपश्चिमको बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान या वैशाख ३० गतेको मतदानका आधारमा गणना भन्ने बारेमा आयोगले चाँडै निर्णय गर्ने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस